हामी ट्याक्स तिर्न तयार छौं, फास्टट्रयाक विधि अपनाइदिनुस : युवा व्यवसायी युवराज खतिवडा(भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका युवा व्यवसायी युवराज खतिवडाले आफुहरु राज्यलाई तिनुपर्ने ट्याक्स तिर्न तयार रहेको तर त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइदिन आग्रह गरेका छन् । केन्द्र खबरसगँको अन्तरवार्तामा बोल्दै खतिवडाले पछिल्लो समय बैंङकले व्यवसायीलाई च्याप्ने गरि निति नियम ल्याउँदा व्यवसायीलाई चल्न मुश्किल भएको भन्दै यसले व्यवसायी र बैङक दुवैलाई फाइदा नहुने उनले बताए ।

बैंकले ७ प्रतिशत ब्याजबाट एक्कासी १७ प्रतिशत ब्याजदर पुर्याउँदा यसले साना,ठुला व्यवसाय सञ्चालनमा चुनौती थपिदाँ व्यवसायी र बैंकबीच पछिल्लो समय द्धन्द्ध देखिएको उनको भनाई छ । विदेश जाने युवालाई ऋण दिन तयार हुने बैंक स्वदेशमै केही गर्छु भनेर लागी परेका युवालाई सहज ऋण दिन तैयार नहुदाँ व्यवसायी निरुत्सायी हुने गरेको उनको गुनासो गरे ।

प्राय विवादमा आइरहने र आरोप खेपिरहने व्यवसायी खतिवडाले आफुले इमान्दारिताका साथ व्यवसाय गरिरहँदा राज्यले भने आफुलाई बारम्बार आक्रमण गरिरहेको बताए ।व्यवसायीको सुरक्षा गर्नु राज्यको दायित्व भएकोमा राज्यले आफुमाथि बारम्बार भौतिक र आर्थिक रुपमा आक्रमण गरिरहेको उनको आरोप छ ।

२२ वर्ष अघि धादिङबाट पोखरा आई १२ हजारबाट व्यवसाय सुरु गरेका खतिवडा आज करोडौंका मालिक हुन् ।

संघर्षका दिनमा घडि,रेडियो,क्याल्कुलेटर जस्ता इलेक्ट्रोनिक सामान हातमा लिएर बेच्दै हिडेकोमा निरन्तर कर्मशीलमा लागे पश्चात हाल ११ ठाउँमा आफुले व्यवसाय सञ्चालन गरिरहेको खतिवडाले बताए । हाल पोखरामा मात्र झण्डै २५ सय लाई रोजगारी प्रदान गरिरहेको खतिवडाले दाबी गरे । स्वदेशमै युवालाई रोजगारी तथा व्यवसाय सञ्चालन गर्नका लागि परिवार र राज्यले सहज वातावरण गराईदिनु पर्ने खतिवडाको माग छ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार १२:४८ प्रकाशित