नेकपा एसले मन्त्री फिर्ता बोलाएसगैँ आले र खतिवडा पुगे पार्टी कार्यालय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । सो निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।

यसअघि भएको ६/६ महिना मन्त्री बन्ने सहमति अनुसार हालका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको हो । खनालले भने,‘ उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो ।’

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

  • २२ जेष्ठ २०७९, आईतवार १५:५४ प्रकाशित