पोखरा ।
जिल्ला समन्वय समिति कास्कीका नवनिर्वाचित जनप्रतिनिधिले शनिबार सपथग्रहण गरेका छन् । जिल्ला न्यायाधिश श्रीकृष्ण भट्टराईले जिल्ला समन्वय समिति (जिसस)प्रमुख लीलाधर पौडेललाई सपथग्रहण गराएका थिए ।
जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा जिसस प्रमुख पौडेलले उपप्रमुख सरिता माल र सदस्यलाई सपथग्रहण गराएका थिए ।
सदस्यहरु मादीका राजु अधिकारी, अन्नपूर्णका गणेशबहादुर घर्ती र बालिका सुवेदी, पोखरा २१ का सीता विश्वकर्मा रुपाका हर्कबहादुर गुरुङ, माछापुच्छ्रेका लक्ष्मी परियार र सुकमाया नेपालीले सपथग्रहण गरे ।
शुक्रबार सम्मपन्न जिससको निर्वाचनमा एमालेको प्यानल नै निर्वाचित भएको छ । प्रमुखमा निर्वाचित पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् । उपप्रमुखमा निर्वाचित कुमाल रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् ।