काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ले उम्मेदवारी दर्ता गराएका छन् । आज मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर देउवाले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र गगन थापाको उम्मेदवारी परेको हो ।
थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् । यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।
















