काठमाडौं ।
निर्वाचनपछि राष्ट्रिय पार्टी बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने भएको छ ।
नेकपा एकीकृत समाजवादीले सोचेअनुरुप निर्वाचनको परिणाम नआएपनि अहिलेको सत्ता गठबन्धनलाई आगामी दिन निरन्तरता दिने निर्णय गरेको हो ।
चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेकोहो ।
‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए ।













