९५ लाख मत गणना हुँदा कुन दलको मत कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका केही सिटको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ९४ लाख ९६ हजार ७१४ मत गणना भइसकेको छ ।

जसअनुसार नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको उछिनपाछिन चलिरहेको छ। पछिल्लो विवरण अुनसार राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा नेकपा माओवादी केन्द्र २० हजार बढी मतले अघि छ । नेकपा माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार १९८ मतसहित पाचौं स्थानमा छ। जनता समाजवादी पार्टीले ३ लाख ४५ हजार १७ मत प्राप्त गरेको आयोगले जनाएको छ । जनमत पार्टीले २ लाख ८८ हजार २१६ मतसहित सातौं स्थानमा रहँदा नेकपा एकीकृत समाजवादी २ लाख ६२ हजार ८८४ मत सहित आठौंं स्थानमा छ।

  • १३ मंसिर २०७९, मंगलवार ०८:१७ प्रकाशित