कास्की ३ (क) मा नेकपा एमालेका गणेश गुरुङ विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ विजय भएका छन् ।

उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतले पछि मार्दै विजयी भए । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउदा भण्डारीले ९ जहार ६ सय ६२ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७, धम्पुसका बासिन्दा हुन् । उनी विद्यार्थी राजनीतिबाट सक्रिय भएका थिए । २०६९ सालमा पहिचानका राजनीति भन्दै संघिय समाजबादीमा गएका थिए । उनी गत फागुन १३ गते एमालेमा फर्किएका थिए ।

  • ७ मंसिर २०७९, बुधबार १३:४४ प्रकाशित