पोखरा ।
कास्कीमा १२ः३० बजेसम्म ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार सामान्य घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा २ लाख ९१ हजार ५६८ मतदाताले मतदान गर्नेछन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाता उत्साहरुपमा सहभागी भएको आयोगले जनाएको छ । जिल्लामा ३४४ मतदान केन्द्र छन् ।
क्षेत्रनम्बर ३ अन्तरगत माछापुच्छ्रे गाउपालिका वडानम्बर ८ को बराहथोक केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका तोडफोड गरेका थिए । मतपेटिका फोर्ने तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । भने पुनःमतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीक प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
कास्कीमा ७० प्रतिशत मत खस्ने अनुमान आयोगको छ ।













