पोखरा ।
कास्किको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका ताेडफोड गरेका छन् । माछापुच्छ्रे गाउपालिका ८ मा रहेको बराहथोक बुथमा बहुमतका कार्यकर्ताले एउटा मतपेटीका तोडफोड गरेका हुन ।
उक्त कर्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब निरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।
उक्त तोडफोड भएको मतपेटिकामा भएका मत बदर गरी पुनःमतदान सुरु गरिएको छ ।













