प्रधानमन्त्री देउवाले गरे मतदान

केन्द्रभाग मिडिया

डँडेलधुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

  प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेर मतदान गरेको बताइएको छ ।

देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए ।

  • ४ मंसिर २०७९, आईतवार १०:४० प्रकाशित