रौतहट ।
रौतहटका दुई मतदान केन्द्रमा मतदानकै क्रममा गोली चलेको छ। जिल्लाको गुजरा नगरपालिका र गरुडामा रहेको मतदान केन्द्रमा गोली चलेको हो ।
गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्काललाई मतदान स्थगित भएको छ ।













