नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैंको टीका लगाइदिएका छन्।
प्रचण्डले खुमलटारस्थित निवासमा विजया दशमीको टीका लगाएका थिए ।
तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने खाली छ । बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् ।













