पोखरा ।
इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन पोखराले विजयादशमी, दिपावली लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हाम्रा मौलिक चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । व्यवसायिक एकतामा जोड दिदै उनले पर्यटनको विकासका लागि राज्यको प्राथमिकता पर्नुपर्ने बताउनुभयो । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल चाडै नै सञ्चालनमा आउनुपर्नेमा उनले जोड दिए ।
पर्यटन विज्ञ वासु त्रिपाठीले पर्यटन व्यवसायी एक भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।पोखरा उद्योग उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदी, संस्थाका अध्यक्ष इन्द्र भण्डारी, उपाध्यक्ष गोकर्ण लम्साल, सचिव गीता ढकाल लगायतले दशैं, तिहार जस्ता चाडपर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।













