राप्रपाका प्रशिक्षण विभाग सदस्य शाहले त्यागे पार्टी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पार्टी परित्यागको घोषणा गरेका छन् ।उनले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र फेसबुकमा सार्वजनिक गर्दै राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीको सैद्धान्तिक आदर्श र वैचारिक आधारस्तम्भसँग प्रतिकूल हुने गरी कार्यनीति अवलम्बन गरिएकाले अब यो पार्टीबाट राष्ट्रवादी आन्दोलन सफल हुन नसक्ने देखिएकाले आजैको मितिदेखि लागू हुने गरी प्रशिक्षण विभागको केन्द्रीय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको जानकारी गराउँछु ।’

  • २६ भाद्र २०७९, आईतवार १०:३७ प्रकाशित