राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्।

भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन् ।

आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ सर्वसम्मत चयन भएका छन्। त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल सर्वसम्मत चयन भएका हुन्।

प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म मनोनयन हुनेछ। सोही दिन ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, भदौ २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्।

  • २२ भाद्र २०७९, बुधबार १५:५२ प्रकाशित