पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर २८ ले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । राजीतिक दलहरुको उपस्थितिमा एक कार्यक्रमको अयोजना गरि वडा कार्यालयले उपलब्धि सार्वजनिक गरेको हो । वडाध्यक्ष श्रीकृष्ण लामिछानेले १२ बुदाँमा उपलब्धि सार्वजनिक गरे ।
वडाले भौतिक पूर्वाधार, सचेतनामुलक कार्यक्रम, सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम समेटेर १०० दिने उपलब्धि सार्वजनिक गरेको हो ।
बिजयपुर बेगनास सडक खण्ड अन्तर्गतको सौर्य बजारमा ३०० मिटर सडक कालोपत्रे, स्याङगखुदी चण्डीखोलामा कलभर्ट निमाण, टोल टोलमा पुगी बार्षीक योजनाहरु संकलन र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण, वडामा रहेका सबै सरकारी कार्यालयको अनुगमन, निरिक्षण र समिक्षा गरिएको वडाले जानकारी दिएको छ ।
यस्तै नौरुङ हुदैँ जाने सडक मर्मत गरी सुचारु गरिएको, जग्गाको वर्गिकरण सम्बिन्धि छलफल, विभिन्न समिति गठबन, सामाजिक सुरक्षा तथा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम, भूमिहित, सुकुम्वासी, भूमिहिन दलित, अव्यवस्थित बसोवासीहरुको लागत संकलन र प्राप्त विवरणको छानबिन, वर्षतको कारण अवरुद्ध शाखा सडकहरुको मर्मत गरि पुनः सुचारु र निर्वाचित भइसके पछि वडासमितिका ९ वटा बैठक सम्मपन्न गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बैशाख ३० गते सम्मपन्न निर्वाचनबाट निर्वाचित जनप्रनिधिको सपथग्रहण गरेको सय दिन पुगेको अवसरमा उपलब्धि सार्वजनिक गरिएको बताए । लामिछानेले वडामा बाकीँ रहेका खानेपानी, स्वास्थय, शिक्षा, यातायात लगायत पूर्वाधार विकासकका लागि सरोकारवालाको सल्लाह सुझाव लिइ आवश्यकताको आधारमा कार्यसम्पादन गरिने बताए ।














