प्रमाणमुखी अनुसन्धानमा कास्की प्रहरी प्रमुख केसीको जोड

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अजय केसीले प्रमाणमुखी अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन् । वडा प्रहरी कार्यालय बैदामको निरिक्षणका क्रममा आइतबार केसीले यस्तो निर्देशन दिएका हुन् ।

स्थलगत अवलोकन निरीक्षण गदै केसीले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्न पनि निर्नेशन दिए । सो अवसरमा प्रहरी प्रमुख केसीले प्रहरी कर्मचारीको आचारण र व्यवहार जनमैत्री हुनेपर्ने बताए ।

उनले प्रहरी चेक जाँच, गस्ती पट्रोल बढाउनु पर्ने र प्रमाणमुखी अनुसन्धान गर्नु पर्ने विषयमा निर्देशन दिए ।

निरीक्षणको क्रममा वडा प्रहरी कार्यालय बैदामको मेश, ब्यारेक, हिरासत कक्ष लगायत विभिन्न शाखाहरूको अवलोकन तथा निरीक्षण गरेका थिए । केसी भर्खर मात्र कास्की प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका हुन् ।

  • १२ भाद्र २०७९, आईतवार १७:५१ प्रकाशित