आज साउन महिनाको अन्तिम मंगलबार । तमू समुदायको पौराणिक तथा ऐतिहासिक पर्व ट्होंटे पर्व गुरुङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमू समुदायले परापूर्वकालदेखि आफ्नो राज्य र गाउँ ठाउँको बैरीहरुसँग रक्षा गर्दै आएको ऐतिहासिक पृष्ठभूमिमा यो पर्व मनाइन्छ ।
पोखरामा रहेका गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरि यो पर्व मनाउँदैछन् । हिजो पोखरा आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी गुरूङ समुदायले ट्होंटे पर्वको अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने भएकी छिन् ।
यसैबीच ट्होंटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्रका शैक्षिक संस्थालाई सार्वजनिक बिदा दिएको छ ।













