काठमाडौं ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन्।
गएराति सम्पन्न टानको ४४ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा प्रतिद्धन्दी रामप्रसाद सापकोटालाई हराउँदै बाँस्तोला विजयी भएका हुन् । बाँस्तोलाले ६१६ मत पाउँदा सापकोटाले २६४ मत प्राप्त गरेका छन् । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बाँस्तोलाको प्यानल नै विजयी भएको छ ।
निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।
टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गरे।













