काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् ।
मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् ।
कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,ु सापकोटाले भने ।













