नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन पोखरामा हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको पोखरा महानगरपालिकाले जनाएको छ ।
महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त र थप गुणस्तरयुक्त बनाउन भेलाको आयोनजा गरिएको बताइएको छ । संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु÷ गराउनु आजको आवश्यकता रहेको पनि पोखरा महानगरद्धारा जारी प्रेस नोटमा भनिएको छ ।
यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । नेपालमा ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् ।













