पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र कोनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् । सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।
यसैबीच गण्डकी प्रदेशमा ३४ जनामा संक्रमण पुष्टि भएको छ भने २९ जना निको भएका छन् ।













