काठमाडौं ।
एमाले सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’अन्तर्गत नेपाली युवालाई भर्ती गराए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनी सरकारसँग जवाफ माग्दै हो भने सन्धी खारेजको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न रु त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ ।’
अग्निपथ योजना भारतमा पनि निकै विवादित तथा आलोचित भएको थियो । यस योजना विरुद्ध भारतमा विरोध तथा आन्दोलन चर्किदा निकै अप्रिय घटनाहरु पनि घटेका थिए ।













