तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

केन्द्रभाग मिडिया

Dead body in a mortuary

झापा।

झापामा एउटै रुखमा झुण्डिएको अवस्थमा तिन किशोरीको शव भेटिएको छ । एउटै रुखमा झुन्डिएको अवस्थामा आज बिहान स्थानीयले उनिहरुलाई फेला परेका हुन् ।

जिल्लाको केचनाकवल गाउँपालिका वडाकेचनाकवल ५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश झुण्डिएको अवस्थमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुनकोशी चिया बगानमा रहेको झिङ खोला किनारको रूखमा उनीहरु झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । हिजो दिउँसोदेखि हराएका थिए । हराएका उनिहरुलाई खोज्न निस्केका स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए । मृतक तीनै जना किशोरीहरु चिया बगानका मजदुर रहेको खुल्न आएको छ ।

 

  • ८ श्रावण २०७९, आईतवार १२:१४ प्रकाशित