बाबुरामकी छोरी मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादीले पार्टीमा आगामी संघको चुनावमा मानुषी यमी भट्टराईलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ ।

पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी काठमाडौंबाट चुनाव लड्ने भएकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको बताइएको छ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन् ।मानुषी बस्ने क्षेत्र नम्बर ५ हो । त्यहाँका मतदाताले उनको माग गरेको बताइन्छ ।

मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीको छोरी हुन ।

  • २५ जेष्ठ २०७९, बुधबार १३:३७ प्रकाशित