रुसका शत्रुले केही गर्नुअघि दुई पटक सोच्ने छन् : राष्ट्रपति पुटिन

केन्द्रभाग मिडिया

एजेन्सी ।
युक्रेनमाथि आक्रमणको दुई महिना बितेसँगै शक्ति देखाउन रुसले नयाँ परमाणु सम्पन्न इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मिसाइल परीक्षणपछि रूसका दुश्मनले केही पनि गर्नु भन्दा पहिला दुई पटक सोच्ने बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार, रुसी सेनाले दिएको जानकारी अनुसार मिसाइलको पहिला पटक परीक्षण गरिएको हो।

यस मिसाइललाई उत्तर पश्चिमी रूसको प्लेसेत्स्कमा प्रहार गरिएको थियो र यो करीब ६ हजार किलोमिटर पर आफ्नो लक्षमा खसेको बीबीसीले जनाएको छ। तर यो परीक्षण त्यस्तो समयमा गरिएको हो जब भूराजनीतिक तनाब चरम अवस्थामा छ र रूस २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि अहिलेसम्म उसले कुनै ठूलो सहरमा कब्जा गर्न सकेको छैन।

  • ८ बैशाख २०७९, बिहीबार ११:०६ प्रकाशित