काठमाडौंको उपमेयर समाजवादीलाई : यी नाम चर्चामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।

मेयर नेपाली कांग्रेसले लिने भएको छ । मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा भएपछि अब उपमेयरको उम्मेद्‍वार को होला भन्ने चासो बढेको छ ।

एकीकृत समाजवादीबाट उपमेयरका लागि ईश्वरमान डंगोल, शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चा छ । एकीकृत समाजवादीले कसलाई उम्मेदवार बनाउने भनेर निर्णय नभएको र एकरदुई दिनमा निर्णय गरेर प्रदेश समितिलाई पठाउने जनाएको छ।

  • ७ बैशाख २०७९, बुधबार १५:१२ प्रकाशित