दार्चुलामा कांग्रेस र माओवादीले गरे भागबन्डा, एसलाई पाखा लगाइयो

केन्द्रभाग मिडिया

दार्चुला।

दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा गरेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै सत्तारुढ यी दुई पार्टीले भागबन्डा गरेका हुन् ।

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

  • ७ बैशाख २०७९, बुधबार १३:४६ प्रकाशित