बाटो ढलानको विषयमा झडप : वडाध्यक्ष घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का वडाध्यक्ष झडपमा परी घाइते भएका छन्।

बुधबार बिहान बाटो ढलानको विषयमा दुई पक्षबीच झडप हुँदा वडाध्यक्ष असलम देवानसहित ६ जना घाइते भएका हुन्।बारा प्रहरीका डिएसपी गौतम मिश्रका अनुसार घाइते वडाध्यक्ष अहिले उपचारपछि अस्पतालबाट फर्किसकेका छन्।
देवान एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

  • ७ बैशाख २०७९, बुधबार १०:५२ प्रकाशित