युवा नेता सञ्जय यादवले त्यागे लोसपा : एमाले प्रवेश गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादवले पार्टी त्याग गरेका छन् । महन्थ ठाकुर नेतृत्वको पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप लगाउँदै नेता यादवले पार्टी त्याग गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् ।उनी अब नेकपा एमालेमा प्रवेश गर्ने बताइएको छ ।उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरि पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ।

  • ७ बैशाख २०७९, बुधबार १०:०६ प्रकाशित