राप्रपाले आज(बुधबार) घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुधबार घोषणापत्र सार्वजनिक गर्दैछ ।अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।

  • ७ बैशाख २०७९, बुधबार ०९:०४ प्रकाशित