पोखरा–२८ मा माओवादी केन्द्रबाट श्याम केसी अध्यक्षमा सिफारीस

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर–२८ मा श्याम केसी वडाअध्यक्षको उम्मेदवारमा सिफारीस भएका छन् । वडा कमिटिको बैठकले केसीलाई सर्वसम्मत वडाध्यक्षमा सिफारीस गरेको वाइसिएल पोखरा–२८ का अध्यक्ष रामचन्द्र तिवारीले जानकारी दिए । केसी लामो समय शिक्षण पेशामा आवद्ध थिए ।

त्यस्तै खुल्ला सदस्यमा यज्ञप्रसाद तिवारी र पुस्पराज त्रिपाठी, महिला सदस्यमा गंगा भुर्तेल र दलित महिला सदस्यमा सुकुमाया नेपाली सिफारीसमा परेका छन् ।

माओवादी केन्द्र पोखरा महानगरपालिका २८ का अध्यक्ष यज्ञप्रसाद तिवारीको अध्यक्षतामा बैशाख चार गते बसेको बैठकले अध्यक्षसहित सदस्यको नाम महानगर कमिटिमा पठाउने सर्वसम्मत निर्णय गरेको हो । बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले ११ गते उम्मेदवारको मनोनय गर्ने समय तोकेको छ ।

मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारीस गरेका छन् ।

  • ६ बैशाख २०७९, मंगलवार १८:१० प्रकाशित