पोखरा–११ मा माओवादीबाट चिन्तामणि खरेल वडाअध्यक्षको उम्मेदवार सिफारीस

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर–११ ले वडा अध्यक्ष सहित सदस्य सर्वसम्मत सिफारिस गरेको छ ।

वडा अध्यक्ष मनोज रसायलीको अध्यक्षतामा बैशाख ४ गते बसेकाको बैठकले अध्यक्षमा चिन्तामणि खरेल सहित ४ जना सदस्य सर्वसम्मत महानगर कमिटिमा सिफारिस गरेको हो । खरेल वडा कमिटिका सचिव हुन् ।

सिफारिस हुने अन्य सदस्यमा विष्णु आचार्य र सुनिल लामिछाने खुल्ला महिला सदस्यमा सरिता विश्वकर्मा र दलित महिला सदस्यमा उषा विश्वकर्मा छन् ।

  • ६ बैशाख २०७९, मंगलवार १७:२१ प्रकाशित