चितवन सभापति खनाललाई देउवाले भने,‘भरतपुर माओवादीलाई छोड्नुपर्ने भो निर्णय सच्याउनुस्’

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवन कांग्रेसका सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् ।

सभापति देउवाले खनाललाई भेट गर्न बोलाएपछि उनले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् ।भेटमा देउवाले भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएको बताइएको छ।

चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको छ । यद्यपि यसबारे औपचारिक निर्णय भने आजै साँझ हुने जनाइएको छ।

भरतपुर महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनमा समेत कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाललाई समर्थन गरेका थिए । गठबन्धन गर्दा आलोपालो सिद्धान्तका आधारमा समेत यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने स्थानीय नेता कार्यकर्ताको अडान छ ।

  • ६ बैशाख २०७९, मंगलवार १५:५१ प्रकाशित