नेकपा एस र गौरवशाली पार्टीबीच एकीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ ।

मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा माधव नेपाल नेतृत्वको नेकपा एस र भविसोर पराजुली नेतृत्वको गौरवशाली पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।

पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा.बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए ।

  • ६ बैशाख २०७९, मंगलवार १५:२१ प्रकाशित