राजेन्द्र महतोको फेसबुक ह्याक : लोसपा त्यागेको घोषणा !

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ ।महतोको फेसबुक पेज ह्याक गरि ह्याकरले महतोले लोसपा छोडेको घोषणा सहितको स्टाटस लेखेको छ ।

आफ्नो फेसबुक ह्याक गरेर लोसपा परित्याग गरेको सुनियोजित रूपमा प्रचार गरिएको महतोले बताएका छन् । ह्याकपछि महतोको पेजमा लेखिएको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगको यात्रालाई आजबाट पूर्णरूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदयदेखि धन्यवाद ।’

पार्टी परित्याग गरेको घोषणासहितको स्टाटस अपलोड भएलगत्तै उनलाई धेरैले फोन आइरहेको जनाइएको छ । गुनासो आएपछि नेता महतोले फेसबुक चेक गरे । स्टाटस हेरेपछि उनी आश्चर्यमा परेका छन् ।

नेता महतोले लगत्तै आफ्नो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नरहेको स्टाटस लेखेका छन् ।

  • ६ बैशाख २०७९, मंगलवार १३:४४ प्रकाशित