बुटवलमा कांग्रेसले देखायो एकता : मेयरमा खेलराज पाण्डेको एकल नाम सिफारीस

केन्द्रभाग मिडिया

बुटवल ।
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाले मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

उपमहानग समितिको आज पार्टीको नगर सभापति समेत रहेका पाण्डेको एकल नाम जिल्लामा सर्वसम्मत सिफारीस गरेको हो ।

उपमहानगर समिति सचिव छाया पोखरेलले पाण्डेलाई सर्वसम्म निर्णय गरिएको जानकारी दिए । पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत मेयरका आकांक्षी थिए ।

उनी गएको निर्वाचनमा पनि कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार थिए । एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।

यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन,जमुना ढकाल, रिता केसी,रिता सेन ओली, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।

  • ६ बैशाख २०७९, मंगलवार १३:१६ प्रकाशित