मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय निर्वाचनको उम्मेदवारी दिने दिन नजिकिदै गर्दा मधेस प्रदेशमा पनि गठबन्धनभित्र भागबन्डा मिलाउन सकस परेको छ । मधेशमा जसपा र माओवादीले छुट्टै गठबन्धन गर्न सक्ने देखिएको बताइएको छ।

पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको बताइएको छ ।

स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने अनौपचारिक सहमति भइसकेको बताइएको छ।

आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ ।

 

  • ६ बैशाख २०७९, मंगलवार १०:३२ प्रकाशित