दुई गाउँपालिकाका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

०७४ मा को निर्वाचनबाट एमालेका तर्फबाट काइके गाउँपालिकाको अध्यक्षमा निर्वाचित अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित सेनाङ गुरुङ माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए ।

उनीहरूले हिजो (सोमबार) संयुक्त विज्ञप्ति जारी गरी आफूहरू एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

  • ६ बैशाख २०७९, मंगलवार ०९:५८ प्रकाशित