नाट्टा गण्डकीमा हरिराम अधिकारी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, दृतिय उपाध्यक्ष कमला गिरी र महासचिवमा संगिता पौडेल निर्वाचित भएका छन् । सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन् ।

समितिको सह-कोषाध्यक्षमा सुवास भण्डारी र सदस्यहरुमा तारा प्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल, खुमबहादुर नेपाली, तुलबहादुर गुरुङ, रात्नराज रेग्मी र गणेश पोखरेल चयन भएका छन् ।

  • ५ बैशाख २०७९, सोमबार २१:३६ प्रकाशित