केन्द्रको निर्देशन विपरित कांग्रेस पोखराले उम्मेदवारका आकांक्षीसंग रु. ६,१०,००० उठायो

केन्द्रभाग मिडिया

पोखरा ।
कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसंग रकम उठाएको छ । मेयरमा आकांक्षीसंग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसंग २० हजार रुपैयाँका दरले पैसा उठाइएको कांग्रेस महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

मेयरको उम्मेद्वार बन्न चाहने १८ जनाको निवेदनसहित प्रति व्यक्ति २५ हजारको दरले ४ लाख ५० हजार रुपैयाँ र उपमेयरको उम्मेदवार बन्न चाहने ८ जनासंग प्रति व्यक्ति २० हजारका दरले १ लाख ६० हजार रुपैयाँ रकम जम्मा भएको उनले बताए ।
उनका अनुसार उपमेयरका उम्मेद्वार १० जना भएपनि पार्टीमा योगदान दिएको भन्दै आफूहरले पैसा दिन नसक्ने बताएर दुई जनाले भने पैसा दिएनन् ।

सभापति विजुक्छेले केन्द्रीय सर्कुलर नलिनु भन्ने भएपनि उम्मेद्वार सिमित गर्न र पार्टी सञ्चालनमा सहयोग पु¥याउन थोरै रकम लिनु परेको बताए । ‘पार्टीले सर्कुलर पठाएको पनि थियो । हामीलाई यो थाहा छ । तर, पार्टी सञ्चालनमा पनि सहयोग होस् र आकांक्षी पनि सिमित हुन् भनेर थोरै पैसा लिएको हौं । नसक्नेले दिनुभएको छैन ।

उपमेयरको उम्मेद्वारका लागि निवेदन दिनुभएका दुई जनाले हामीले पार्टी निर्माणमा योगदान गरेका छौं दिन्नौ भन्नुभयो । हामीले ठिकै छ भन्यौं लिएनौं’ उनले भने ।

  • ४ बैशाख २०७९, आईतवार १७:५८ प्रकाशित