पोखरा महानगरको मेयरका लागि कांग्रेसमा १८ जनाको निवेदन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर उम्मेदवार बन्न १८ जनाले निवेदन दिएका छन् । उपमेयरका लागि १० जनाले निवेदन दिएको नेपाली कांग्रेस महानगर समितिले जनाएको छ । । मेयर र उपमेयरको उम्मेदवारका लागि निवेदन दिन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले आइतबार ४ बजेसम्मको समय दिएको थियो ।

निवेदन दिनेमा सुदिप मोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण विजुच्छे, विश्व शंकर पालिखे, किशोरदत्त बराल, बिन्दुकुमार थापा, गणेशबहादुर भट्टराई र बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषी सापकोटा रहेको कांंग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगीला आचार्य, टीका कुमारी गुरुङ, दीपक मल्ल र मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले निवेदन दिएका छन् ।

  • ४ बैशाख २०७९, आईतवार १६:१५ प्रकाशित