गठबन्धन : महानगर र उपमहानगरको भागबन्डा भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।
बालुवाटारमा सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक जारी रहेको छ ।

स्थानीय तह निर्वाचन आउन जम्मा २६ दिन बाँकी रहँदा पनि गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन । जारी बैठकमा महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल रहेको बताइएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको यो समितिको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट भागबण्डाबारे छलफल भइरहेको छ ।

यही कार्यदलले छलफल गरेर भागबण्डाबारे प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि अन्तिम निर्णय हुनेछ । सम्भवत् भोलिसम्ममा सिट बाँडफाँटसहित तालमेलको टुंगो लाग्ने बताइएको छ।

  • ४ बैशाख २०७९, आईतवार १५:२२ प्रकाशित