स्याङ्जामा जिप दुर्घटना, ७ महिने नाबालकसहित ५ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा जिप दुर्घटनामा परी पाँच जनाको ज्यान गुमेको छ । छ जना घाइते छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार वालिङ्- १२ डाँडाखर्कका ६५ वर्षीय बीरबहादुर डाला, ४५ वर्षीया हिरा डाला, २५ वर्षीया सर्मिला सारु, उनका अन्दाजी ७ महिने छोरा र वालिङ १४का ६१ वर्षीय कुलबहादुर कनौजेको दुर्घटनामा परि ज्यान गुमेको हो ।

आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका–१२ मा जिप सडकबाट तल खसेको हो । डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०–५० मिटर तल खसेको थियोे ।

ओरालो कच्चि बाटोमा ब्रेक फेल वा स्टरिङ लक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

  • ४ बैशाख २०७९, आईतवार १४:०७ प्रकाशित