गोरखामा भागबन्डा टुंगो लगाउन गठबन्धनको बैठक बस्दैं : तालमेलको सम्भावना न्युन

केन्द्रभाग मिडिया

गोरखामा गठबन्धनका चारवटै दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बनेको छ। बारम्बार गठबन्धन दलको बैठक बसेपनि ठोस निर्णय गर्न नसक्दा तालमेलको सम्भावना निकै कम रहको बताइएको छ ।

कांग्रेसले यस अघि जितेको नौ वटै पालिकामा दावी छाडेको छैन। माओवादी केन्द्रले आधारआधा जसो स्थानीय तह भागबण्डा गर्नुपर्ने अडान राखेको छ। कांग्रेस र माओवादी केन्द्रको मत बराबर रहेको दावी गर्दै माओवादी केन्द्रले एउटा नगरपालिका सहित पाँचवटा पालिका दावी गरेको बताइन्छ ।

जनता समाजवादी पार्टीले एउटा नगरसहित तीनवट पालिका आफूले पाउनुपर्ने दावी गरेको छ । राष्ट्रिय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगर पालुङटार नगरपालिका आफूले पाउनुपर्ने दावी जसपाको छ। जसपालाई नगरपालिकासहितका पालिका दिन कांग्रेस, माओवादी तयार छैनन्। कांग्रेस र माओवादी केन्द्र मिलेको खण्डमा गोरखाका सबै पालिकामा जित्न सकिने दावी उनीहरुको छ।

अर्को दल नेकपा एकीकृत समाजवादीले एउटा पालिका मागेको छ। यी सबै भागबन्डाको टुंगो लगाउन आज(आईतवार) गठबन्धनका नेताहरु बैठक बस्ने तयारीमा छन्।

  • ४ बैशाख २०७९, आईतवार १०:५५ प्रकाशित