पोखरा महानगर कांग्रेसमा मेयरको आकांक्षा राख्नेले २५ र उपमेयरले २० हजार !

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगरले मेयर र उपमेयरका आकांक्षीबाट आर्थिक संकलन थालेको छ । महानगरको मेयरको आकांक्षा राख्नेले २५ हजार र उपमेयरमा आकांक्षा राख्नेले २० हजार रुपैया शुल्क बुझाउनुपर्ने छ । कांग्रेसले शनिबार देखी आइतबार ४ बजेसम्मका लागि उम्मेदवार बन्न चाहनेबाट निवेदन माग गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कमिटीले उम्मेदवारसंग कुनै पनि शुल्क नउठाउन सबै मातहातका समितिलाई निर्देशन दिएको थियो ।

कांग्रेसबाट पोखराको मेयरका लागि प्रदेशका मन्त्री, व्यवसायीदेखि पत्रकारसम्म छन् । प्रदेश सरकारका मन्त्री विन्दु थापा, पूर्व सचिव बाबुराम आचार्य, कास्की जिल्ला निवर्तमान सभापति कृष्ण केसी,गएको निर्वाचनमा उपमेयरमा पराजित सरस्वती गुरुङ लगाएतको चर्चा छ ।

  • ४ बैशाख २०७९, आईतवार १०:४९ प्रकाशित