गृह भन्छ,‘हप्तामा दुई दिन बिदा हल्लामात्रै हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

हप्तामा दुई दिन बिदा दिने विषयमा बाहिर चलेका चर्चा हल्ला मात्र भएको बताइएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सातामा दुई दिन बिदा दिने विषय हल्लामात्रै भएको बताएका हुन् । उनले भनेका छन्, ‘यो सबै हल्ला मात्र हो,यसबारे कुनै तयारी र छलफल भएको छैन।’

यस्तै सातामा दुई दिने बिदा दिने सम्बन्धमा निर्णय नभएको र यसबारे कुनै तयारी नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। उनले भनेका छन्,‘यसबारे कुनै तयारी र गृहकार्य भएको छैन,त्यसैले सातामा दुई दिन बिदा दिने निर्णय तत्काल लागु हुँदैन।’

बिदा सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जिम्मेवारी गृहको हो तर गृहकै अधिकारीहरू यसबारे सामान्य छलफल पनि नभएको बताउँछन्।

चैत २४ को मन्त्रिपरिषद्मा इन्धन र सार्वजनिक खर्च कटौती गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भएको थियो। तर यसले सार्थकता पाउने सम्भावना न्यून रहेको बताइन्छ ।

  • ४ बैशाख २०७९, आईतवार १०:१६ प्रकाशित