१६ पालिका रहेको रुपन्देहीका ६ वटा पालिकामा मात्रै सत्ता पक्षको गठबन्धन हुने

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ ।

१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हुदैछ ।

  • ४ बैशाख २०७९, आईतवार १०:३१ प्रकाशित