एमाले उम्मेदवार विजयी सुवेदीको दाबीः भने, ‘भरतपुरमा गठबन्धनबिनै जित्छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेबाट भरतपुर महानगरको मेयर पदका उम्मेदवार बन्ने पक्का भएका विजयी सुवेदीले गठबन्धन बिनै जित्ने दाबी गरेका छन् ।

एक अनलाइनलाई दिएको अन्र्तवार्ताको क्रममा उनले आफुले गठबन्धन बिनै जित्ने दाबी गरेका हुन् । उनले भने,‘चितवनका जनता सचेत नागरिक भएकोले गठबन्धन नभए पनि चुनाव जित्नेमा विश्वस्त छु ।’पार्टी सिद्धान्त नमिलेर नफुटेकोकाले फुटले असर नपर्ने उनले जिकिर गरे ।

भरतपुर महानगर प्रमुखको उम्मेदवारीका लागि सत्ता गठबन्धन दलबाट भने माओवादी केन्द्र र काँग्रेस दुवै दलले आकांक्षा देखाएका छन् । हाल महानगर प्रमुख रहेकी रेनु दाहालले फेरि सोही पदमा दोहोरिने इच्छा व्यक्त गरेकी छिन् भने अघिल्लो पटकको चुनावमा पनि उनलाई जिताउन सहयोग गरेको काँग्रेसले यसपटक महानगर प्रमुखको उम्मेदवार आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

  • ४ बैशाख २०७९, आईतवार ०९:११ प्रकाशित