तनुहँमा गोविन्दराज जोशीले एमालेसंग चुनावी तालमेल गर्ने

केन्द्रभाग मिडिया

दमौली ।
पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेका छन् ।

नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीले शनिबार एमालेसँग चुनाबी तालमेल गर्ने सहमति गरेका हुन् ।

तनहुँ कांग्रेसलाई एक बनाएर अगाडि बढ्न नेता जोशीले प्रस्ताव अगाडि बढाएका थिए । जोशीको प्रस्तावलाई नेता रामचन्द्र पौडेल समूहले बेवास्ता गरेपछि बाध्य भएर एमालेसँग मिल्न पुगेका हुन् ।

तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

जोशीको निवास दमौलीमा शनिबार नेता जोशी र एमालेका नेताहरूबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ ।

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ ।

जोशी समुहबाट ४ जना र एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति’ गठन गरिएको छ ।

प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उप–प्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको साझा उम्मेदवारी दिने सहमति भएको छ ।

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु परेको पूर्वमन्त्री जोशीले जानकारी दिएका छन् ।

भ्रष्टाचार मुद्धा लागेपछि जोशी १९ वर्षदेखि सत्ता बाहिर छन् । उनको भ्रष्टाचारको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन लागेका युवा नेता दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ ।

मेयरका उम्मेदवार बनेका दीपकराज जोशी पूर्वमन्त्री जोशीका छोरा हुन् ।

दीपकराजले चुनावी प्रचारका लागि सम्पर्क कार्यालय खोलेका छन् । दीपकराजले आफूलाई भोट माग्न पनि थालेका छन् ।

नेता जोशीले एमालेसँग चुनावी तालमेल गरे पनि एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर उम्मेदवार उठाउँछन् वा स्वतन्त्र रुपमा चुनाव चिन्ह लिन्छन् केही भनिएको छैन ।

  • ४ बैशाख २०७९, आईतवार ०८:४१ प्रकाशित